धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,२१ कात्तिक ।
यो साता नेपालमा डेङ्गि सङ्क्रमण घटेको छ । वर्षायाममा एकहप्तामा ५ हजार भन्दा बढी डेङ्गीका बिरामी भेटिएकोमा अहिले यो सङ्ख्या घटेको छ। गत मङ्गलबार देखि हाल सम्म ६ सय २४ जना मात्र डेङ्गुको बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले डेङ्गुका सङ्क्रमित विगत दुई हप्तादेखि घटेको बताउनुभयो । जाडो भएसँगै डेङ्गु सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएकाले डेङ्गकोबिरामी घटेको बताउनुभयो ।
महाशाखाका अनुसार नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुको बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गको बिरामी भेटिएका हुन् । यसवर्ष हालसम्म ५० हजार दुई सय ६३ जना डेङ्गको बिरामी भेटिएका छन् ।
तीमध्ये ५५ जनाको डेङ्गुको कारणले मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |