नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२० भाद्र ।
नेत्रावती डबजोङ गाउँपालिकामा पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।

सोमबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सितामाया गुरुङको प्रमुख आतिथ्य तथा वडाअध्यक्षहरु, सुआहाराका चिरन्जिवि दाहाल,एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगाना, स्वयमसेविका, हजारदिने आमा लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र सुआहाराका निर्देशक चिरन्जिवि दाहालले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वास्थ्य तथा पोषण सम्बन्धी मुख्य सूचकहरुको अवस्था, उपलब्धी र सिकाईबारे प्रस्तुतिकरण, हालसम्म प्राप्त नतिजा, उपलब्धी र सिकाई सम्बन्धी प्रस्तुतिकरण, प्रतिबद्धताहरुको समिक्षा , मुख्य समस्या, चुनौती र आगामी प्राथमिकताबारे समुहगत छलफल गरिएको थियो ।

गाउँपालिकाले स्वास्थ्य तथा पोषण सम्बन्धी क्षेत्रमा उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी कार्यक्रमको लागि ६ लाख, गर्भवती तथा सुत्केरी पोषण भत्ता ४ लाख, गर्भवती तथा सुत्केरी आकस्मिक एम्बुलेन्स यातायात बापत ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो। पोषण कार्यक्रम सुधार गर्नको लागि थप पहल गर्ने रिजालले बताउनुभएको छ ।

चालु आर्थिक वर्षमा गर्भ जाँच, सुत्केरी जाँच, बालबालिकालाई भिटामीन ए, जुकाको औषधी, बाल भिटा, गर्भवती तथा सुत्केरीलाई आईरन फोलिक एसिड र क्याल्सियम लक्ष्य अनुसारको प्रगति गर्नको लागि सबै स्वास्थ्य संस्थाबाट पहल गर्ने निर्णय भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवम सूचना अधिकारी पौडेलले बताउनुभयो । गाउँपालिकामा विगत ३ वर्षको तथ्याङक हेर्दा पोषण कार्यक्रम सुधार भएको पौडेलले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |