नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,०४ असार ।
नीलकण्ठ नगरपालिका–८ मैदीभन्ज्याङमा मलामी बोकेको स्वराज ट्रक दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।
शुक्रबार राति करिब १० बजे मलामी बोकेर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बर को स्वराज ट्रक आफै अनियन्त्रीत भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते ११ जना मध्ये ज्वालामुखी–२ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरको भने काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । घाईते ६ जनाको भने धादिङ अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नेपाल प्रहरी,धादिङ रेडक्रस, धादिङ सोसियल भोलेन्टियर, एम्बुलेन्स चालक समाज र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |