धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,१२ जेठ।
जिल्ला निर्वाचन कार्यालय धादिङले स्थानीय तह निर्वाचनमा आफुले गरेको खर्चको विवरण बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
निर्वाचन कार्यालय धादिङले सुचना जारी गर्दै गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सहभागि जिल्लाको राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण बुझाउन आग्रह गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम स्थानीय सदस्य निर्वाचनमा सहभागि प्रत्येक उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण नियमावलीको अनुसुचि ३० बमोजिम ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ, निर्वाचन खर्चको विवरण बुझाउनको लागि ढाँचा


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |