Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

चुनावी प्रचारप्रसार : खेतबारीदेखि सामाजिक सञ्जालसम्म

नीलकण्ठ एफ.एम १२५८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
चुनावी प्रचारप्रसार : खेतबारीदेखि सामाजिक सञ्जालसम्म

तनहुँ, २३ बैशाख। 

तनहुँको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेद्वारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । सबैजसो उम्मेद्वार यतिबेला मत माग्दै घरदैलो गरिरहेका छन् ।  हरेक घरमा पुगेर आश्वासन बाड्दै छन् उम्मेद्वारहरू । घरमा नभेटेका मतदातालाई खेतबारीमा पुगेर भेट्दै छन् । खेतबारीमा काम पनि सघाएजस्तो गर्छन् उम्मेद्वारहरूले केहीबेर ।

मतदाता रिझाउन ठाउँ ठाउँमा चुनावी सभा पनि भइरहेका छन् । उम्मेद्वारलाई भोट मागेको जिंगल र राजनीतिक दलको चुनावी गीत घन्काउँदै चुनावी प्रचारप्रसार भइरहेको छ । यसपालि उम्मेद्वारले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको पनि अधिकतम प्रयोग गरिरहेका छन् ।

विशेष त फेसबुक र टिकटकमा बढी प्रचार गरेको देखिन्छ । चुनावी घोषणापत्रको सार्वजनिकसँगै घरदैलो अभियानको प्रचारप्रसार फेसबुकमार्फत भइरहेका छन् । फेसबुक र टिकटकमा भिडियो बनाएर भोट अपिल भइरहेका छन् । सामाजिक सञ्जालको दुनियाँमा प्रवेश नै नगरेका उम्मेद्वारको पनि प्रचारप्रसार समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।

व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका बैकुण्ठ न्यौपाने उम्मेद्वारी दर्तासँगै फेसबुकमा जोडिएका छन् । उनको प्रचारप्रसार समूहले फेसबुक पेज खोलेर अपडेट गरिरहेका छन् । बैकुण्ठको घोषणापत्रसँगै घरदैलो अभियानमा गरेको सम्बोधनको भिडियो पेजमा अपडेट गरिन्छ । फेसबुकले प्रचारप्रसारसँगै जनतासँग जोडिन सहज बनाएको मेयरका उम्मेद्वार न्यौपाने बताउँछन् ।

उनी भन्छन्,  ‘घरदैलो गरिरहेको छु । सबै घरमा पुग्नलाई पनि सम्भव हुदैन । तसर्थ सामाजिक सञ्जालबाट पनि टिमले प्रचारप्रसार गरिरहेको छ ।’ फेसबुकको पोस्टमा आएका प्रतिक्रियाको अध्ययन गर्ने र सुझावको रूपमा ग्रहण गर्ने गरेको उनले बताए ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिएका एमालेका मुक्तिनाथ तिम्लिसिनाको पनि घरदैलोसँगै फेसबुक र टिकटकमा प्रचारप्रसार भइरहेको छ । उनी घरदैलोमा व्यस्त छन् । उनको प्रचारप्रसारमा खटिएको युवाको टिमले भोट आह्वान गरेको तस्बिर र भिडियो अपडेट गरिरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले प्रचारप्रसारमा निकै सहज बनाएको तिम्लिसिनाले बताए ।

‘सबै ठाउँमा घरदैलो गर्नलाई पनि समय छोटो हुँदा सम्भव नहुने रहेछ । यसपालि प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । सामाजिक सञ्जालको पहुँच राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि हुने भएकाले हाम्रो एजेन्डाहरू राख्न पाएका छौँ । त्यहाँबाट धेरै सुझावहरु पनि लिएका छौँ । उम्मेद्वारहरुलाई प्रविधिमैत्री बन्न पनि सिकाएको छ’, उनले भने ।

आफ्ना घोषणपत्रमा उल्लेख नभएका तर देशविदेशमा रहेका शुक्लावासीले सामाजिक सञ्जालबाट दिएको सुझावलाई घोषणा पत्रमा समेट्ने गरेको तिम्लिसिनको भनाइ छ । सामाजिक सञ्जालमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दा वैदेशिक रोजगारीमा भएकाहरूले आफ्ना परिवारका सदस्यलाई भोट हाल्न लगाउने उनको विश्वास छ ।

अहिले हर घरमा सामाजिक सञ्जाल प्रयोगकर्ता भएकाले चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेको शुक्लागण्डकी नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएका खुमबहादुर विक राजुले बताए । ‘गाउँ गाउँमा सबैसँग मोबाइल छन् । सामाजिक सञ्जालमा प्रतिबद्धतापत्र, भिडियो र फोटोहरू पोस्ट गर्न पाउँदा सहज भएको छ । उम्मेद्वारहरूलाई चिनाउन पनि सघाएको छ’, उनले भने । आफ्नो घोषणापत्रमा प्रविधिलाई पनि जोड दिएको उनले बताए ।

उम्मेद्वारहरुले फेसबुक पेजमा प्रतिबद्धताको फोटो भिडियो बुस्ट गरिरहेका छन् । जस्ले गर्दा लाखौँ रुपैयाँ प्रचारप्रसारमा विदेशीँदै छ । अर्कोतर्फ स्थानीय सञ्चार माध्यमको आम्दानी पनि घटाएको छ ।  सामाजिक सञ्जालकै कारण सञ्चार माध्यमसँग उम्मेद्वार टाढिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जवल पौडेल बताउँछन् ।

‘उम्मेद्वारको एजेन्डादेखी चुनावी कार्यक्रम र घरदैलोको तस्बिर सामाजिक सञ्जालमै राख्ने तर सञ्चार माध्यमसँग नआइपुगेको हो कि जस्तो देखिन्छ । विगतको निर्वाचनको तुलनामा विस्तारै सामाजिक सञ्जालले सञ्चार माध्यमलाई उछिनेको महसुस गराएको छ’, पौडेलले भने ।

एकातिर निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेको कारण उम्मेद्वारको प्रचारप्रसार गर्न सञ्चार माध्यमलाई रोक लगाएको छ । अर्कोतर्फ उम्मेद्वार सामाजिक सञ्जालमा केन्द्रित हुदा आचारसंहिताले तोकअनुसार प्रचारप्रसार सामाग्रीको विज्ञापन निकै कम आएको पौडेलको भनाइ छ ।

Avatar

Avatar

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0