धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाडौं, २० वैशाख।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।
राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फुयालले कांग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दल लगायका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सीमित भएकाे तर आफूले प्रतिबद्धतापत्र बमोजिम नै जनताको सेवा गर्ने बताए ।
कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसबाट उपेन्द्र कार्की, नेकपा समाजवादीबाट कृष्णहरि थापा, एमालेबाट रामशरण ढुंगाना, राप्रपाबाट राजु फुयाल, राष्ट्रिय जनमोर्चाबाट सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम शर्मा चापागाईं, टपबहादुर थापा, बरुणकुमार लामा, मनिल फुयालको मेयरमा उम्मेदवारी दिएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |