Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

नीलकण्ठ–८ का वडाध्यक्षमा जितबहादुर कुमालको उम्मेदवारीले समूदायमा हर्ष

नीलकण्ठ एफ.एम ४४७५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (४ साल अघि)
नीलकण्ठ–८ का वडाध्यक्षमा जितबहादुर कुमालको उम्मेदवारीले समूदायमा हर्ष

धादिङ,१९ बैशाख ।
नेकपा एमालेले नीलकण्ठ नगरपालिका वडा नं ८ को वडाध्यक्षको उम्मेदवारीमा जीतबहादुर कुमाललाई सर्वसम्मत रुपमा अगाडि सारेपछि यतिबेला कुमाल समुदाय हर्षित छन् । कुमाल समुदायबाट पहिलो पटक वडाअध्यक्ष पदमा नेकपा एमालेबाट जीतबहादुरले टिकट प्राप्त गरेसँगै यतिबेला कुमाल समुदाय भित्र छुट्टै रौनक थपिएको छ ।

यस अघिका जनप्रतिनिधिले कुमाल समुदायको समस्या सम्बोधन नगरेकोले अहिलेको आसन्न निर्वाचनमा आफ्नै समुदायबाट प्रतिनिधित्व गरेका जीतबहादुर कुमाललाई जिताएरै छाड्ने कुमाल समुदायका स्थानियहरु बताउछन् । पार्टी भन्दा पनि आफ्नो कुल भित्रका व्यक्ती उम्मेद्वार बनेर आएकाले सबै कुमाल समुदाय एक भएर जितबहादुर कुमाललाई जसरी भएपनि जिताउने उनिहरुको भनाई छ । कुमाल गाउँमै करिब ५ सय मतदाता रहेका छन् ।

राष्ट्र सेवक नेपाल प्रहरीको रुपमा कार्यरत भएर सेवा निवृत्त भएका कुमाल विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहँदै आएकाले अन्य समुदायबाट पनि समर्थन उत्तिकै छ । नीलकण्ठ नगरपालिका भित्र कुमाल समुदायबाट एकमात्र वडा अध्यक्षको रुपमा उम्मेदवारी दिनुभएका उहाँले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै यतिखेर घरदैलो भेटघाट कार्यक्रममा व्यस्त छन् ।

आफुले पार्टीको मात्र प्रतिनिधित्व नभएर सम्पुर्ण आदिवासी तथा कुमाल समुदायको तर्फबाट उम्मेदवारी पेश गरेको बुझिदिन आग्रह गर्दै कुमालले अघिका जनप्रतिनिधिहरुले सम्बोधन गर्न नसकेका तथा नचहाहेका जन जीविकाका समस्याहरुलाई समयमै सम्बोधन गरेर वडाको विकासमा नयाँ तरिकाले अगाडि बढ्न आफ्नो नेतृत्वकोे आवश्यकता रहेको औल्याउनुभएको छ । आफ्नो नेतृत्व कालमा वडाबासीहरुले विगतमा जस्तै दलगत पुर्वाग्रही एवं पक्षपाती व्यवहार बेहोर्नु नपर्ने बताउदै आफु वडामा एउटा ऐतिहासिक दृष्टान्त स्थापित गर्ने मनोभावनाका साथ चुनावमा होमिएको जिकिर गर्नुहुन्छ ।

नेकपा एमाले नीलकण्ठ नगरपालिकाले वडामै सम्पूर्ण जनसङख्यामा ठूलो हिस्सा ओगट्ने कुमाल समुदायबाट सर्वसम्मत तवरमा नेतृत्व छान्न सकेको जनाउदै स्थानीय सत्ता संचालनको लागि कुमाल समुदायको उम्मेदवार छनोट प्रक्रियाले राष्ट्रिय विकासको मूलधारमा सवैको समान अवसरलाई सुनिश्चित गरेको बताएको छ ।

अहिले स्थानीय तहको विकासमा युवा सीप र दक्षताको प्रयोग गरी जनआकांक्षाहरु पुरा गर्ने तथा नगरपालिकालाई अगाडि बढाउन सक्ने कुशल नेतृत्वको आवश्यकता महसुस भएकोले सक्षम युवाको छनोटलाई अपरिहार्य ठानी जीतबहादुर कुमालको उमेदवारि अगाडि सारिएको नेकपा एमालेको दाबी छ ।

विगतको चुनावमा निकै ठुलो मत अन्तरले पराजय बेहोरेको नेकपा एमालेले यसपालि पनि पहिलेकै नियति भोग्नु पर्ने त होइन भनेर सोधेको प्रश्नमा अहिलेको परिस्थिति बिल्कुल फरक रहेको कुरा उम्मेदवार कुमाल बताउँछन् । उनीले स्थानीय तहको निर्वाचनलाइ दलिय स्वर्थ भन्दा बिल्कुल फरक तरिकाले बिश्लेषण गर्ने आम बुझाइको विकास हुनुपर्ने जिकिर गर्दै आफूलाई सबै आदिवासी जनजाति तथा समुदायको समर्थन रहनु पर्ने बताउँछन् ।

वडामा अन्य पार्टीहरुले भन्दा नेकपा एमालेले आदिवासी जनजाति तथा उत्पिडित समुदायहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाएको उनको दाबी छ । आफ्नो उम्मेदवारिलाइ नेकपा एमालेले सर्वसम्मतरुपमा चयन गरेको तथा यस अघि पनि यसै समुदायको प्रतिनिधिलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्रदान गरिसकेकोले अब आफ्नो वर्गीय उत्थानको लागि नेकपा एमाले सधै सकारात्मक रहने पार्टी भएको आम धारणा बनिसकेको हुँदा वडाबासीहरुले आफूलाई निर्वाचित गर्ने कुरामा आफु विश्वस्त रहेको बताउँछन् ।

वडाअध्यक्षमा नेकपा एमालेले जीतबहादुर कुमाल सहीत सोहि समुदायबाट मेनुका कुमाललाई पनि सर्वसम्मतरुपमा महिला सदस्यको उमेदवारको रुपमा अगाडि सारेको छ । यसैगरी दलित महिला सदस्यको उम्मेदवारमा शर्मिला बि.क र पुरुष सदस्यको उम्मेदवारमा नारायण श्रेष्ठ र जीवनाथ दुवाडीलाइ अगाडि सारेको छ ।

यता सोही वडामा नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका वडा सदस्य रमेश कोइरालालाई वडाअध्यक्षको उम्मेदवारको रुपमा अगाडि सारेको छ । तर उनि विरुद्द अघिल्लो निर्वाचनमा कोइरालासगै निर्वाचित भएका कांग्रेसकै वडा सदस्य प्रकाश श्रेष्ठले सदस्यहरूको टिम नै बनाएर स्वतन्त्रबाट आफ्नो उम्मेदवारी पेश गरि कोइरालालाई चुनौती दिएका छन् ।

वडाध्यक्षमा अर्का प्रभावशाली युवा ठाकुर कुमालको समेत दाबेदारी रहेको अवस्थामा क्षेत्रीय कमिटीले आधिकारिक टिकट प्रदान गरिएको उम्मेदवार समयमै सार्वजनिक नगरिदिँदा कांग्रेसले आफ्ना आधिकारिक सदस्यहरुको उम्मेदवारी भने प्रस्तुत गर्न भ्याएन । श्रेष्ठ कांग्रेसको ठूलो जनमत रहेको टोलबाट प्रतिनिधित्व गर्ने भएकोले नेपाली कांग्रेसको मत पुर्णरुपमा विभाजित हुने अवस्था रहेको वडाबासीहरुको आँकलन छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा निकै ठुलो मत अन्तरले पछाडि पारी नेपाली कांग्रेसका सबै प्रतिनिधिहरु विजयी भएपनि यसपाली श्रेष्ठले दिएको स्वतन्त्र उम्मेदवारीले उक्त अवस्थालाई ठूलै धक्का दिने पूर्वानुमानका साथ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु चिन्तित रहेका छन् । पार्टीकै उम्मेदवार विरुद्ध बागी बनेका श्रेष्ठलाई नेपाली कांग्रेस धादिङले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि उम्मेदवारी फिर्ता लिनुभएन । जनताको भावना र चाहानालाई नबुझीकन सिमित व्यक्तीहरुको विचबाट टिकट वितरणमा अपनाईएको गलत शैलीको विरुद्धमा आफुले उम्मेद्वारी दिएको श्रेष्ठले बताउँदै आउनुभएको छ। (दोलख गुरुङको सहयोगमा)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

    धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

  • नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

  • धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

  • समाचार
    धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

    धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0