Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

स्थानीय निर्वाचनः सबैभन्दा बढी महिला उम्मेदवार उठाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं

१४०६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १७, शनिबार (३ साल अघि)
स्थानीय निर्वाचनः सबैभन्दा बढी महिला उम्मेदवार उठाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं

काठमाडौं, १७ वैशाख ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी  उम्मेदवारी दर्ता गराएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।

देशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीतिक दल भएको हो ।

निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

आयोगका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय  तहमा मात्रै उम्मेदवारी दिएको छ  ।

त्यस्तै, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा मेयरका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई मेयरको उम्मेदवारी दर्ता गराएको छ भने गाउँपालिका अध्यक्षका लागि १५ सहित ४२ महिलालाई स्थान दिएको छ । महिला उम्मेदवारी दर्ता गराउनेमा राप्रपा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले १ सय २८ जना मेयरमा उम्ेमदवारी दिँदा २३ जना महिला उम्मेदवार उठाएको छ भने १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।

नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको मेयर तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।

मधेस केन्द्रित दल महिलाप्रति अनुदार
उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको क्रमशः जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।

माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत जसपा नेपाल र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको तथ्यांकले देखाएको छ ।

जसपा नेपालले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा महिला भने जम्मा १५ जना मात्रै छनौटमा परेका छन भने १ सय ८० जनालाई गाउँपालिका अध्यक्ष चयन गराउँदा महिला भने १० जना मात्रै उम्मेदवारी छनौट परेका छन ।

ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना मेयरका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र मेयरका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन । त्यस्तै, ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • समाचार
    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0