Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २४, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

३७१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (३ साल अघि)
कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

काठमाडौं, ९ वैशाख।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए ।
सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो । मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् ।

‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो ।

हुन पनि स्थापना भएको ७३ वर्ष पूरा हुँदा कम्युनिस्ट पार्टीहरू अनेक नाममा दर्ता छन् । कोही सत्तामा घरिघरी पुग्छन् त कोही सानो आकारको पार्टीको रूपमा रहेर अस्तित्व मात्र बचाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भने १० वैशाख २००६ मा भएको मानिन्छ । तर, स्थापना मितिमा पनि विवाद छ । जे होस्, नेकपा एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेका हुन् ।

संस्थापक महासचिव पुष्पलाल बनेका थिए ।

डा. केसीको पुस्तकमा उल्लेख भएअनुसार ‘माक्र्सिस्ट स्टडी सेन्टर’मा आबद्ध डा. केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले समावेश नगर्नु मतभेदको कारक रहेको थियो ।
त्यसपछिको घटनाक्रम यस्तो छ ः

– १७ माघ २०१० मा काठमाडौं र पाटनमा भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी पार्टी महासचिवमा निर्वाचित तर चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाँदा डा. रायमाझीद्वारा पार्टी कब्जा ।
– पार्टी कब्जा गरेका केशरजंग र संस्थापक महासचिव पुष्पलाल पक्षबीच दुई लाइन संघर्ष सुरू ।

– १५–२५ जेठ २०१४ सम्म काठमाडौंमा दोस्रो महाधिवेशन हुँदा राजनीतिक प्रतिवेदन पुष्पलालको पारित तर नेतृत्वमा केशरजंग स्थापित । पुष्पलालका राजनीतिक कार्यक्रम अस्वीकृत ।

– दुई वर्षमा हुने महाधिवेशन ६ वर्षमा हुन थाल्यो ।

–  १ पुस २०१७ मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको राजा महेन्द्रले अपदस्त गर्दा त्यसबारे पुष्पलाल र केशरजंगबीच भयो मतभेद । केशरजंगले राजाको कदमलाई ‘प्रगतिशील’भन्दा पुष्पलालले ‘सैनिक आतंक’ भनेका थिए ।

– भारतको दरभंगमा महेन्द्रको प्रत्यक्ष शासन सुरु भएकै बेला पार्टी विस्थापित बैठक बस्दा संसदीय व्यवस्थाको विरुद्धमा उभिए केशरजंग । ‘दक्षिणपन्थी अवसरवादी’को संज्ञा पुष्पलाल पक्षबाट पाए । संसद् पुनःस्थापनासँगै संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल थिए । मोहनविक्रम सिंह संविधानसभाको निर्वाचको पक्षमा थिए । अन्नतः सिंहरको राजनीतिक प्रस्ताव पारित । केशरजंग र पुष्पलालबीच मतभेद झन चुलियो ।

– ४–१९ वैशाख २०१९ मा भएको तेस्रो महाधिवेशन हुँदा ‘अन्तरजोन सामञ्जस्य समिति’का सचिव तुलसीलाल अमात्यद्वारा राजनीतिक प्रतिवेदन पेस र महासचिवमा निर्वाचित । पुष्पलाल, तुलसीलाल र मोहनविक्रमबीच कार्यक्रमभन्दा नारामा विवाद । तुलसीलालले प्रतिवेदनमा ‘कुन बाटो ?’ लेख्दा पुष्पलालले ‘मुलबाटो’ लेखेका थिए । केशरजंग भने कारबाहीमा परिसकेका थिए ।

– कारबाहीमा पर्दा पनि २०२४ सालमा केशरजंग पक्षले पनि तेस्रो महाधिवेशन गरे । असन्तुष्ट पुष्पलालले पनि एक वर्षपछि २०२५ सालमा तेस्रो महाधिवेशन गरेर महासचिव बने ।

– जेलमा रहेका नेताहरूबाट ‘केन्द्रीय न्युक्लियस’ गठन ।

– ३० भदौदेखि ७ असोज २०३१ सम्म मोहनविक्रम पक्षले चौथो महाधिवेशन गरे । ५ वर्षपछि २०३६ मा शम्भुराम श्रेष्ठ र मोहनविक्रम पक्षबीच एकतापछि नेकपा गठन ।

– त्यसकै सेरोफेरोमा झापामा पूर्व कोशी प्रान्तीय कमिटीमा आबद्ध रहेकाहरूबाट ‘वर्गशत्रू खत्तम’ कारबाही प्रारम्भ ।

–२४ र २५ जेठ २०३२ मा झापा र मोरङका क्रान्तिकारीहरू मिलेर ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन ।

– १४ भदौ २०३४ मा कोअर्डिनेसन केन्द्रसँग मुक्तिमोर्चा, २६ भदौ २०३५ मा क्रान्तिकारी कम्युनिस्ट संगठन कमिटी गण्डकी र २७  मंसिर २०३५ मा दाङको सन्देश समूहबीच एकता ।

– कोअर्डिनेसन केन्द्र ११ पुस २०३५ पछि नेकपा माले गठन ।

– मोहनविक्रम पक्षबाट २०४० सालमा नेकपा (मसाल) गठन । सोही वर्ष निर्मल लामा पक्षबाट नेकपा (चौम) गठन ।

– १–१६ मंसिर २०४१ मा मसालको पाँचौं महाधिवेशन सम्पन्न । मोहन वैद्य कारबाहीमा परे । मोहनविक्रम निकट चित्रबहादुर केसीको राजनीतिक प्रतिवेदन पारित । वैद्य समूहबाट नेकपा (मसाल) नै गठन । सेक्टर काण्डपछि पुष्पकमल दाहाल महासचिव ।

– ९–१४ भदौ २०४६ सम्म सिरहामा भएको चौंथो नै महाधिवेशनपछि मदन भण्डारी महासचिवमा निवाृचित । संयुक्त जनआन्दोलनका लागि संयुक्त वाममोर्चा गठन ।

– नेकपा माले, नेकपा माक्र्सवादी, नेमकिपा, नेकपा (बर्मा) नेकपा (अमात्य) र नेकपा (मानन्धर) पक्ष संयुक्त वाममोर्चामा सहभागी ।

– सिंह नेतृत्वको समूहबाट २०४७ सालमा डा. बाबुराम भट्टराई अलग । एकता केन्द्र गठन ।

–२२ पुस २०४७ नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता र नेकपा एमाले गठन ।

– एमालेमा नेकपा (अमात्य) नेकपा (माओवादी) नेकपा (मसाल) नेकपा (चौम) नेकपा ( मानन्धर) नेकपा (बर्मा) र नेमकिपाका नेताहरू प्रवेश ।

– एमाले गठनपछि संसदीय प्रणालीमा प्रवेश । संसदीय प्रणालीप्रति फरक मत राख्ने मोहन वैद्य, प्रचण्ड, बाबुरामलगायत अन्नतः नेकपा माओवादी गठन गर्दै १ फागुन २०५२ देखि जनयुद्धमा सहभागी ।

– संसदीय प्रणालीमा रहेको नेकपा एमाले ११ फागुन २०५४ मा महाकाली सन्धीलाई लिएर नेता बामदेव गौतमले फुटाए । २०५६ को आम निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि २०५८ मा एमालेमा फर्किए ।

– ४ असार २०६९ तत्कालीन एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष मोहन वैद्य पक्ष अलग ।

– ७ मंसिर २०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एमाले फुट्यो । संघीयता, पहिचान र धर्मनिरपेक्षताको विरुद्धमा पार्टी उभिएको भन्दै राई नेतृत्वमा एउटा पक्ष अलग भएको हो ।

– ९ असोज २०७२ मा एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष डा. बाबुराम भट्टराई अलग ।

र,

– २ भदौ २०७८ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट एमाले विभाजन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • समाचार
    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0