Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ७, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

नेपाल कम्युनिस्ट पार्टी स्थापनाकाे ७३ वर्ष पूरा

५०० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (३ साल अघि)
नेपाल कम्युनिस्ट पार्टी स्थापनाकाे ७३ वर्ष पूरा

काठमाडौं, ९ वैशाख
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् ।
स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसाे १ बजे कार्यक्रम आयाेजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापथलीदेखि च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्मा हुने कार्यक्रममा कम्युनिस्ट याेद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिककाे कार्यक्रम रहेकाे एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  शुभकामना दिएका छन् ।

‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,’ उनले भनेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन्।

उनीहरूले भारतको कलकत्तामा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ लगायत कार्यक्रम लोकप्रिय बन्यो ।

त्यसपछि भने कम्युनिस्ट पार्टीहरूले पटकपटक सत्तारोहरण गरिसकेका छन् । तर, उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिस्ट पार्टीहरू आलोचित छन् ।

अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् ।
तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । जसको राजनीतिक लाभ ओली नेतृत्वको नेकपा एमालेले दिँदै आएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को घोषाणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीेले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।

पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार स्थापना भएको मिति इस्वी सम्वतमा भएको र त्यसलाई विक्रम सम्वतमा रूपान्तरण गर्दा १० वैशाख भएको दाबी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

  • चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • समाचार
    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0