Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

८५९ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ४, आईतबार (१ महिना अघि)
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

धादिङवेशी ४, माघ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको ‘विशेष महाधिवेशन’ बाट निर्वाचित नयाँ नेतृत्व र परिवर्तनको एजेन्डालाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति अधिकारीले हालै सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापा लगायत सम्पूर्ण पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो।

परिवर्तन र युवा भावनाको कदर ; सभापति अधिकारीद्वारा जारी विज्ञप्तिमा गत भदौ २३ गते ‘जेन–जेड’ (Gen-Z) अर्थात् नवयुवा पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताका लागि गरेको आन्दोलनको भावनालाई पार्टीले आत्मसात गरेको उल्लेख छ। सोही भावना र पार्टीभित्र नीति तथा नेतृत्व परिवर्तन, रूपान्तरण र सुधारको एजेन्डासहित महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्व चयन हुनुलाई उनले सुखद र समयसापेक्ष कदमका रूपमा व्याख्या गर्नुभएको छ।

पार्टी संगठन सुदृढीकरण र चुनावी तयारी; विशेष महाधिवेशनपछि पार्टीमा चलेका बहस र गतिविधिलाई परिपक्व परिणामका रूपमा ग्रहण गर्दै अधिकारीले धादिङका सम्पूर्ण तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधिदेखि महासमिति सदस्य र प्रदेश प्रतिनिधिसम्म सबैलाई पूर्ण ऊर्जा र सक्रियताका साथ संगठन विस्तारमा लाग्न अपील गर्दछु।”

फागुन २१ को निर्वाचन मुख्य लक्ष्य ; विज्ञप्ति मार्फत सभापति अधिकारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मुख्य लक्ष्य बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। निर्वाचनमा पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र जनताको बीचमा केन्द्रित हुन उहाँले जिल्लाका सबै टोल, वडा, गाउँ/नगर र क्षेत्रका कार्यसमितिलाई आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेसलाई लोकतन्त्र, नागरिक सर्वोच्चता र विधिको शासनको संरक्षक मान्दै अधिकारीले जनभावना बमोजिम रूपान्तरण गर्दै लैजानु पार्टीको दायित्व भएको कुरामा जोड दिनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

  • काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

  • काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

  • मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

  • समाचार
    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0