नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङवेशी ४, माघ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको ‘विशेष महाधिवेशन’ बाट निर्वाचित नयाँ नेतृत्व र परिवर्तनको एजेन्डालाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति अधिकारीले हालै सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापा लगायत सम्पूर्ण पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो।
परिवर्तन र युवा भावनाको कदर ; सभापति अधिकारीद्वारा जारी विज्ञप्तिमा गत भदौ २३ गते ‘जेन–जेड’ (Gen-Z) अर्थात् नवयुवा पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताका लागि गरेको आन्दोलनको भावनालाई पार्टीले आत्मसात गरेको उल्लेख छ। सोही भावना र पार्टीभित्र नीति तथा नेतृत्व परिवर्तन, रूपान्तरण र सुधारको एजेन्डासहित महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्व चयन हुनुलाई उनले सुखद र समयसापेक्ष कदमका रूपमा व्याख्या गर्नुभएको छ।
पार्टी संगठन सुदृढीकरण र चुनावी तयारी; विशेष महाधिवेशनपछि पार्टीमा चलेका बहस र गतिविधिलाई परिपक्व परिणामका रूपमा ग्रहण गर्दै अधिकारीले धादिङका सम्पूर्ण तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधिदेखि महासमिति सदस्य र प्रदेश प्रतिनिधिसम्म सबैलाई पूर्ण ऊर्जा र सक्रियताका साथ संगठन विस्तारमा लाग्न अपील गर्दछु।”
फागुन २१ को निर्वाचन मुख्य लक्ष्य ; विज्ञप्ति मार्फत सभापति अधिकारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मुख्य लक्ष्य बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। निर्वाचनमा पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र जनताको बीचमा केन्द्रित हुन उहाँले जिल्लाका सबै टोल, वडा, गाउँ/नगर र क्षेत्रका कार्यसमितिलाई आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसलाई लोकतन्त्र, नागरिक सर्वोच्चता र विधिको शासनको संरक्षक मान्दै अधिकारीले जनभावना बमोजिम रूपान्तरण गर्दै लैजानु पार्टीको दायित्व भएको कुरामा जोड दिनुभएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |