प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङबेशी ३,माघ । नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले पार्टीको आन्तरिक विवाद र नेतृत्वको विषयलाई लिएर पार्टी नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई विधि, विधान र निर्वाचन आयोगको निर्णयअनुसार अगाडि बढाउन आग्रह गर्नुभएको हो।
सचिव श्रेष्ठले पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा शनिबार बिहानका लागि बोलाइएको बैठक रोक्न आग्रह गर्दै नयाँ नेतृत्वलाई ससम्मान स्वागत गर्नुपर्नेमा जोड दिनुभएको छ।
निर्वाचन आयोगको निर्णयको सम्मान: श्रेष्ठले निर्वाचन आयोगको निर्णय मान्नु नै पार्टी र नेताहरूको दीर्घकालीन हितमा रहेको उल्लेख गर्नुभएको छ। “अन्य विकल्पमा जानु भनेको पार्टी सदस्यको अपमान र नेताहरूको राजनीतिक कद घटाउनु हो,” उहाँले भन्नुभएको छ।
नयाँ नेतृत्वको स्वागत: विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सगर्व स्वीकार गर्न आग्रह गर्दै उहाँले बीपी स्मृति भवनमा नयाँ नेतृत्वलाई स्वागत गर्ने वातावरण बनाउन अपिल गर्नुभएको छ।
एकता र लोकतान्त्रिक संस्कार: रिसराग, आवेश र अविश्वास त्यागेर उच्चतम लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न उहाँले नेताहरूलाई आग्रह गर्नुभएको छ।
आगामी कार्यभार: सभापति गगन थापाले आगामी वैशाखमा १५औँ महाधिवेशन गर्ने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले तत्काल फागुन २१ को निर्वाचनका लागि पार्टीलाई एकजुट बनाउन आह्वान गर्नुभएको छ।
सचिव श्रेष्ठले भुइँ तहका कार्यकर्ता र पार्टी सदस्यहरूको हितलाई सर्वोपरि ठान्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “आस्था र विश्वास जोडिएको केन्द्रीय कार्यालयमा नयाँ नेतृत्वलाई स्वागत गर्नुहोस्। इतिहासले तपाईंहरूलाई सम्मान गर्नेछ।”
उहाँले सबै चुनौतीहरूको सामना एकताबद्ध भएर गर्न र महाधिवेशनमार्फत आफूलाई परीक्षण गराउँदै विचार र नेतृत्व स्थापित गर्ने अभ्यासमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ। त्यसैगरी नेपाली काग्रेसका धादिङका सह सचिव नवराज तिमल्सिनाले पनि सचिव श्रेष्ठको भनाईलाई समर्थन गर्दै फेसबुक मार्फत शेयर गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |