प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङबेशी, २३ पौष । जिल्ला समन्वय समिति धादिङको आयोजनामा स्थानीय तहहरूको असल अभ्यास तथा सिकाइसम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाभित्रका स्थानीय तहहरूले कार्यान्वयन गरेका सफल योजना, नवीन अभ्यास तथा सेवा प्रवाहका अनुभवबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो । जिल्लाका सबै स्थानीय तहका अध्यक्ष तथा प्रमुखहरू एकै थलोमा भेला भई आ–आफ्ना पालिकामा भएका सफल अभ्यास, चुनौती र सिकाइका अनुभवहरू प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले स्थानीय तहहरूबीच आपसी प्रतिस्पर्धा, समन्वय र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले उत्कृष्ट पालिका छनोट गरिएको बताउनुभयो । उहाँले असल अभ्यासको आदान–प्रदानले सुशासन, सेवा प्रवाह र विकासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रस्तुत अभ्यास, उपलब्धि तथा मूल्याङ्कनका आधारमा उत्कृष्ट गाउँपालिकाको रूपमा बेनीघाट रोराङ गाउँपालिका र उत्कृष्ट नगरपालिकाको रूपमा नीलकण्ठ नगरपालिका छनोट गरिएको जनाइएको छ । उत्कृष्ट घोषित पालिकाहरूले योजना कार्यान्वयन, सेवा प्रवाह, नवप्रवर्तन र स्थानीय विकासमा उल्लेखनीय प्रगति गरेको मूल्याङ्कन समितिको निष्कर्ष रहेको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय तहहरूलाई एक–अर्काबाट सिक्ने अवसर प्रदान गर्नुका साथै विकासका असल अभ्यासलाई संस्थागत गर्न मद्दत पुग्ने बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |