निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी,६ पौष । धादिङ जिल्लाको दीगो विकास र आर्थिक सशक्तीकरणलाई लक्ष्य गर्दै धादिङ उद्योग वाणिज्य संघको आयोजनामा “दशौँ धादिङ महोत्सव–२०८२” हुने भएको छ। महोत्सव यही माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा सञ्चालन हुनेछ।

“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार– कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनु भयो ।
महोत्सवमा धादिङको पहिचान झल्काउने स्थानीय तरकारी, सल्यानटारको मास, गणेश हिमाल क्षेत्रको पर्यटन तथा त्रिशूली नदीको र्याफ्टिङ जस्ता विषयवस्तुहरू विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ। यसका साथै, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टल, मनोरञ्जनात्मक कार्यक्रम र विविध खानाका परिकारहरू समेत समावेश गरिने जनाइएको छ।
आयोजकले महोत्सवलाई सफल बनाउन सबैमा सहभागिता जनाई सहयोग गर्न आग्रह गर्दै महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |