धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङबेशी,६ पौष । धादिङ जिल्लाको दीगो विकास र आर्थिक सशक्तीकरणलाई लक्ष्य गर्दै धादिङ उद्योग वाणिज्य संघको आयोजनामा “दशौँ धादिङ महोत्सव–२०८२” हुने भएको छ। महोत्सव यही माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा सञ्चालन हुनेछ।
“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार– कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनु भयो ।
महोत्सवमा धादिङको पहिचान झल्काउने स्थानीय तरकारी, सल्यानटारको मास, गणेश हिमाल क्षेत्रको पर्यटन तथा त्रिशूली नदीको र्याफ्टिङ जस्ता विषयवस्तुहरू विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ। यसका साथै, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टल, मनोरञ्जनात्मक कार्यक्रम र विविध खानाका परिकारहरू समेत समावेश गरिने जनाइएको छ।
आयोजकले महोत्सवलाई सफल बनाउन सबैमा सहभागिता जनाई सहयोग गर्न आग्रह गर्दै महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |