नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, भदौ १६ गते ।
धादिङका निजी तथा आवासीय विद्यालयहरूले स्कुल बस ¥याली निकालेका छन् । संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने तयारी भइरहेको भन्दै सोमबार स्कुल बससहित ¥याली निकालेका हुन् ।
“गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता” भन्ने मूल नारासहित प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा ¥यालीको आयोजना गरेको हो ।
३० भन्दा बढी स्कुल बस सहभागी ¥याली धादिङबेसी नीलकण्ठ–८ साँघुटारबाट सुरु भई सिरान बजारसम्म पुगेको थियो ।
प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले शिक्षा ऐनमा समावेश भएका प्रावधानले निजी विद्यालयमाथि अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नभयो । उहाँले अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति, पोशाक, स्टेशनरी तथा खाना–खाजा उपलब्ध गराउनुपर्ने र कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्था अस्वीकार्य रहेको बताउनुभयो ।
त्यस्तै, उपाध्यक्ष टिका प्रसाद थपलियाले शिक्षा समितिबाट पारित भएका नयाँ शिक्षक विधेयकका केही बुँदाप्रति गम्भीर ध्यानाकर्षण गराइएको उल्लेख गर्दै, त्यसको विरोधस्वरूप स्कुल बस ¥याली निकालिएको जानकारी दिनुभयो।
विद्यालयहरूको आन्दोलनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले समेत ऐक्यबद्धता जनाउनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |