नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
गजुरी २१,धादिङ । गजुरी गाउँपालिकामा २०८१ सालको कक्षा १२ को सार्वजनिक नतिजा अनुसार कुल १६७ जना विद्यार्थी परीक्षा सहभागी हुँदा ११० जना विद्यार्थी सफल भएका छन्, जसअनुसार समग्र उत्तीर्ण प्रतिशत ६५.८७% रहेको छ।
पाँच विद्यालयमध्ये आदर्श माविले सबैभन्दा राम्रो प्रदर्शन गर्दै ९५.१६% उत्तीर्णता दर हासिल गरेको छ। ६२ जना परीक्षार्थीमध्ये ५९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसपछि किरानचोक माविबाट २४ जनामध्ये १८ जना विद्यार्थी उत्तीर्ण भई ७५% उत्तीर्णता दर हासिल भएको छ। डोल भन्ज्याङ माविमा ३५ जनामध्ये २२ जना सफल भई ६२.८६% नतिजा ल्याएको छ।
त्यसैगरी गजुरीपिडा माविले मात्र ३०.४३% र महेन्द्रोदय माविले सबैभन्दा कम १७.३९% उत्तीर्णता दर हासिल गरेका छन्। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उत्कृष्ट नतिजा ल्याएका विद्यालय र विद्यार्थीहरूलाई सामाजिक सन्जाल मार्फत बधाई ज्ञापन प्रकट गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |