प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
गजुरी २१,धादिङ । गजुरी गाउँपालिकामा २०८१ सालको कक्षा १२ को सार्वजनिक नतिजा अनुसार कुल १६७ जना विद्यार्थी परीक्षा सहभागी हुँदा ११० जना विद्यार्थी सफल भएका छन्, जसअनुसार समग्र उत्तीर्ण प्रतिशत ६५.८७% रहेको छ।
पाँच विद्यालयमध्ये आदर्श माविले सबैभन्दा राम्रो प्रदर्शन गर्दै ९५.१६% उत्तीर्णता दर हासिल गरेको छ। ६२ जना परीक्षार्थीमध्ये ५९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसपछि किरानचोक माविबाट २४ जनामध्ये १८ जना विद्यार्थी उत्तीर्ण भई ७५% उत्तीर्णता दर हासिल भएको छ। डोल भन्ज्याङ माविमा ३५ जनामध्ये २२ जना सफल भई ६२.८६% नतिजा ल्याएको छ।
त्यसैगरी गजुरीपिडा माविले मात्र ३०.४३% र महेन्द्रोदय माविले सबैभन्दा कम १७.३९% उत्तीर्णता दर हासिल गरेका छन्। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उत्कृष्ट नतिजा ल्याएका विद्यालय र विद्यार्थीहरूलाई सामाजिक सन्जाल मार्फत बधाई ज्ञापन प्रकट गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |