नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
जेठ १६ धादिङबेशी । कृषि तथा पश्पन्छी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन ,खाद्य असुरक्षा र ग्रामिण जीविका जस्ता चुनौतीहरुको सामना गर्न सकिने वताउनुभएको छ ।
एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य ( अफासी )को ७ औं साधरणसभालाई आज काठमाडौंमा सम्वोधन गर्दे मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरु वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य ,नविनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्वपुर्ण मञ्चको रुपमा काम गरेको उल्लेख गर्दे सदस्य राष्ट्रहरु वीचको सहकार्य मार्फत कृषि रुपान्तरणका लागि नयाँ अवसरहरु सृजना गर्न सकिनेमा जोड दिनुभयो ।
कृषि अनुसन्धानलाई सुदृढ बनाउन , दिगो खेतीपातीको अभ्यासलाई प्रवद्र्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । साधरणसमभामा अफासीका सदस्य राष्ट्रका प्रतिनीधिहरुको सहभागिता रहेको छ । तीन /तीन वर्षमा आयोजना हुने आगामी साधरण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद( नार्क ) का कार्यकारी निर्देशक कृष्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।
आजै काठमाडौंमा आयोजीत दोस्रो आलु सम्मेलनलाई सम्वोधन गर्दे कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको कुल ग्राहस्थ उत्पादनमा ६ .३५प्रतिशत योगदान रहेको आलु बालीको प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको वताउनुभएको छ ।
सरकारले आलुको सिकाई केन्द्र स्थापना , बीेउ तथा भण्डारणमा कृषकहरुलाई अनुदान , शीतभण्डार लगायतका पुर्वाधार निर्माणका कार्य भैरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |