नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी, २ जेठ। महालेखापरिक्षकको ६२ औ बार्षिक प्रतिवेदन अनुसार धादिङको स्थानिय तहमा बेरुजु कम गर्नेमा नीलकण्ठ नगरपालिका पहिलो स्थानिय तह भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार नीलकण्ठ नगरपालिकाले जम्मा ०.१२ प्रतिशत बेरुजु मात्र कायम राखेर जिल्लामा पहिलो मात्र नभई, बागमती प्रदेशमा दोस्रो, देशभरका नगरपालिकामध्ये तेस्रो र देशका ७५३ स्थानीय तहहरूमध्ये आठौँ स्थानमा पर्न सफल भएको हो ।
धादिङका १३ वटा स्थानिय तह मध्ये बेरुजु कमी गराई बेनिघाट रोराङ गाउँपालिका दोस्रो हुन सफल भएको छ । बेनिघाट रोराङ गाउँपालिकाले जम्मा ०.४५ प्रतिशत मात्रै बेरुजु कायम गरि धादिङमा दोस्रो भएको हो । त्यसैगरी धुनिबेशी नगरपालिकाले १.४८ प्रतिशत कायम गरि तेस्रो भएको छ । धादिङको सिद्धलेक गाउँपालिकाले १.५१ मात्रै बेरुजु कायम गरि जिल्लामा चौथो हुन सफल भएको छ ।
महालेखापरिक्षकको ६२ औ बार्षिक प्रतिवेदन अनुसार १.६२ प्रतिशत बेरुजु कायम गरि धादिङमा गल्छी गाउँपालिका पाचौ स्थानमा पर्न सफल भएको छ । त्यसैगरी नेत्रावती डवजोङ गाउँपालिका धादिङमा बेरुजु कम गर्ने स्थानिय तहमा छैटौंमा परेको छ । १.७८ प्रतिशत मात्रै बेरुजु कायम गरि ज्लालामुखी गाउँपालिका सातौमा परेको छ ।
धादिङको गजुरी गाउँपालिकाको आ.व. २०८०/०८१ मा २ं.४३ प्रतिशत बेरुजु रहेको छ । रुवी भ्याली गाउँपालिकाको २.६० प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । त्रिपुरासुन्दरी गाउँपालिकाको ३.४१ प्रतिशत बेरुजु छ भने खनियाबास गाउँपालिकाको ३.६१ प्रतिशत बेरुजु देखिएको छ ।
त्यसैगरीे थाक्रे गाउँपालिकाको ४ प्रतिशत र गंगाजमुना गाउँपालिकाको ५.५४ प्रतिशत बेरुजु रहेको हालसालै महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |