धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङ, बैशाख २७ गते ।
धादिङको ज्वालामुखी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुकालागि मौरीपालन तालिम सम्पन्न भएको छ । धादिङ नेत्रहिनसंघको आयोजना तथा बागमती प्रदेश सरकार, सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
१५ दिनसम्म सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका अपाङ्गता भएका २० जनाको सहभागिता रहेको थियो । तलिममको सहजीकरण बासुदेव सिलवालले गर्नुभएको थियो ।
प्रशिक्षक सिलवालले सहभागीहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र जस्ता विषयहरु सिकाउनु भएको थियो । यसैगरी मौरीको वर्ग विभाजन, शारीरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या र समासमायिक गोला व्यवस्थापन, मौरीमा हुल निर्यास र त्यसको व्यवस्थापन, मौरी गोला संयोजन तथा मौरी गोला विभाजन लगायतका विषयवस्तुहरु प्रयोगात्मक र व्यहारिक रुपमा सिप प्रदान गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयोजक धर्मबहादुर अर्यालले तालिम प्राप्त गरेका अपाङ्गता र तीनका परिवारले व्यावसायिक रुपमा मौरी पालेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
तालिम समापन पश्चात सहभागिहरुलाई १८ हजार रुपैयाँ बराबरको मौरी गोला सहितको एकघार, टोपी र मैन समेत वितरण गरिएको छ ।
उत्साहित हुँदै सहभागिहरुले औषधीय गुण भएको सुद्ध मह उत्पादन गरेर स्वस्थ जीवनको सन्देश सहित आय आर्जनमा लाग्ने विश्वास व्यक्त गरेका छन् ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |