Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

नेत्रावती डबजोङ गाउँपालिका–३ सेमजोङमा प्रहरी चौकी भवन उद्धघाटन

नीलकण्ठ एफ.एम १७३५ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २२, बिहिबार (१ साल अघि)
नेत्रावती डबजोङ गाउँपालिका–३ सेमजोङमा प्रहरी चौकी भवन उद्धघाटन

धादिङ, २२ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिका –३ सेमजोङमा प्रहरी चौकी भवन उद्धघाटन गरिएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनको उद्धघाटन गर्नुभएको हो।

भवन उद्घाटनसंगै प्रहरी चौकी सेमजोङको सेवा समेत सोहि भवनबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । ११ वर्षअघि सेमजोङमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चौकी स्थापना गरिएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्राल १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

दुई चरण गरेर भवन निर्माण भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामीछानेले बताउनुभयो ।

नवनिर्मित भवनको भुई तल्लामा कार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितको छुट्टाछुट्टै महिला÷पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरीएकोछ भने यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेको छ।

कार्यक्रममा नेत्रावती डबजोङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0