धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,८ फागुन
पूर्व प्रहरी संगठन धादिङले पूर्व प्रहरी तथा उनीहरूका परिवारका लागि आयोजित एक महिने नौमती बाजा बजाउने तालिम सम्पन्न भएको छ । माघ १८ गते देखि संचालन भएको नौमती बाजा तालिम बुधबार ए विशेष समारोहका बीच सम्पन्न भएको हो ।तालिममा २२ जना प्रशिक्षार्थीहरूले सहभागिता रहेको थियो । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा बाजा खरिद सहित तालिम सन्चालन गरीएको हो । तालिममा गिरीराज भण्डारी प्रथम, रामप्रसाद सिग्देल दोस्रो, र रविन श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, समाजसेवी एवं युवा नेता बिकास श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।समारोहको अन्त्यमा प्रशिक्षार्थीहरूले नौमती बाजाको सांगीतिक प्रस्तुति सहित बजार क्षेत्रमा प्रदर्शनी गरेका थिए। संगठनका अध्यक्ष नवराज दुवाडीले तालिमको उद्देश्य परम्परागत बाजाको प्रवद्र्धन तथा संरक्षण गर्नु रहेको बताउनु भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |