बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, २७ मंसिर ।
ज्वालामुखी गाउँपालिकाले विपन्न र अशक्त घरपरिवारलाई चिसो मौसममा आवश्यक पर्ने न्यानो सामग्री वितरण गरेको छ। गाउँपालिकाको पहल, खानेपानी बोर्डको सहकार्य, र अक्सफाम तथा फोकस नेपालको सहयोगमा न्यानो सामग्री वितरण गरेको हो ।
कार्यक्रम अन्तर्गत स्थानीय परिवारलाई ब्लाङ्केट, थर्मस, म्याट, तन्ना, र सिरानीको खोलजस्ता सामग्री प्रदान गरिएको छ। यी सामग्री चिसोको प्रभावलाई न्यून गर्दै विपन्न परिवारहरूको जीवन सुरक्षित बनाउने उद्देश्यले वितरण गरिएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले बताउनुभयो।
यस कार्यक्रमले चिसो मौसमका कारण गरिबी र अशक्तताका कारण थप जोखिममा पर्ने परिवारहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले बताउनुभयो ।
बुधबार वडा नं ६ र वडा नं ७ का घरपरिवारलाई यी सामग्री वितरण गरिएको थियो। चिसोका कारण विपन्न घरपरिवारमा थप जोखिम नहोस् भन्ने उद्देश्यका साथ वडा नं ६ का करिब ४० घरपरिवारलाई न्यानो सामाग्री वितरण गरिएको वडा अध्यक्ष किशोर सेढाइले जानकारी दिनुभयो ।
गाउँपालिकाले वडा नं २, ३, ४, ५, ६, ७ का विपन्न र अशक्त घरपरिवारलाइ न्यानो सामाग्री वितरण गरिसकेको छ भने अब वडा नं १ मा पनि छिटै वितरण गर्ने जनाएको छ ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |