निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
मंसिर ११, २०८१
धादिङबेशीमा ८६ जनाको मोतिबिन्दुको शल्याक्रिया गरिएको छ । आइतबार र सोमबार संचालन भएको शिविर ८६ जनाको मोतिबिन्दुको शल्याक्रिया गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले बताउनुभयो ।

तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना द फ्रेड फलोज फाउन्डेशनको सहयोग तथा नीलकण्ठ नगरपालिका, सेचेन करुणा र लायन्स क्लब अफ धादिङको स्थानिय सहयोगमा बिरामीहरुलाई खाने बस्ने व्यवस्था सहितको सेवा प्रदान गरिएको हो ।
शिविरमा मंसिर ३ गते शेचेन करुणा संस्थाद्धारा आयोजित निशुल्क आँखा शिविरबाट खनियाबासमा छनौट गरिएको मोतिविन्दुको बिरामी ५१ जना र तिलगंगा सर्जिकल आखाँ केन्द्र धादिङबाट छनोट भएका निलकण्ठ नगरपालिकाको १० जना, ज्वालामुखी गाउँपालिकाको १३ जना, नेत्रावती डबजोङ गाउँपालिकाको ४ जना, गंगाजमुना गाउँपालिकाको ३ जना, गल्छी गाउँपालिकाको २ जना, रुविभ्याली , सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकाको १/१ जना ८६ जना बिरामीहरुलाई सेवा दिईएको आँखा केन्द्र धादिङका प्रमुख ताम्राकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४० जना महिला र ४६ जना पुरुष गरी ८६ जनाको शल्यक्रिया गरिएको हो ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |