धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
मंसिर ५, धादिङ
नीलकण्ठ बहुमुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित ससाह देउराली चौतारामा आयोजना गरिएको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय २५ जना स्थानीयहरुको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा सहभागी ब्यक्तिहरुको सुगर, प्रेसर जाँच गर्नुका साथै B.M.I. (बडी मास्क इन्डेक्स) चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु संगीता छत्कुली र सुजिता सिलवालले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो । कार्यक्रम व्यवस्थापनमा युवा रेडक्रस सर्कल क्याम्पस इकाईले सहयोग गरेको थियो ।
स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुलाई थप उपचारको लागि धादिङ अस्पतालको ओपीडीमा सेवा लिन सुझाव समेत प्रदान गरिएको डाक्टर रेग्मीले जानकारी दिनुभयो ।
क्याम्पस र समुदायको सम्वन्ध थप विस्तार गर्नको लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको र यस्ताखाले स्वास्थ परीक्षण कार्यक्रम क्याम्पसको कार्यक्षेत्र भित्रका अन्य ठाउँहरुमा समेत आगामी दिनमा सञ्चालन गरिने नीलकण्ठ क्याम्पसको गणित स्वास्थ्य तथा साधारण शिक्षा विभागका प्रमुख हरि लंसालले बताउनुभयो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |