तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,०२ कात्तिक ।
धादिङमा भोलि विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सुचना जारी गर्दै आउदै गरेको तिहार र छठ पर्वलाई मध्यनजर गर्दै देविघाट सवस्टेशनबाट रातमाटे सवस्टेशनसम्मको ३३ के.भी. प्रशारण लाइनको तारुकाघाट खाल्टे–धादिङबेशी खण्डमा मर्मत कार्य रहेकोले विद्युत अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार, उक्त खण्डमा रुखका हाँगाबिगा काट्ने, जम्पर सुधार गर्ने र अन्य आवश्यक मर्मत सम्भार गरिने भएकोले कार्तिक ३ गते शनिबार बिहान ८ः०० बजेदेखि दिउसो ५ः०० बजे सम्म विद्युत अवरुद्ध हुने छ ।
उक्त समयमा धादिङबेशी र सल्यान्टार सवस्टेशनबाट वितरण गरिने सबै फिडर क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाका १ र २ वडा, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र आरुघाट गाउँपालिकाका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने सुचनामा भनिएको छ।
साथै कार्य निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा चाँडै विद्युत सेवा सुचारु हुने जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |