Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

डिभिजन वन कार्यालय धादिङको जिल्ला वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न

१०६८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १४, सोमबार (१ साल अघि)
डिभिजन वन कार्यालय धादिङको जिल्ला वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न

धादिङ,१४ असोज ।

डिभिजन वन कार्यालय धादिङको जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाहरूको सहभागितामा डिभिजन स्तरीय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले प्रमुख एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो।

बैठकमा आचार्यले अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै, आगामी आर्थिक वर्षका लागि योजना बनाइएका कार्यक्रमहरूको बारेमा जानकारी दिनुभयो। प्रमुख कार्यक्रमहरूमा समूहको कार्ययोजना नवीकरण, बिरुवा उत्पादन र वितरण समावेश थिए। सरकारी नर्सरीबाट वन प्रजातिका बिरुवा तथा जडिबुटीहरू, जस्तै टिम्बुर, पिकानत, र बाँसको उल्लेखनीय मात्रामा वितरण गरिएको जानकारी दिनुभयो।

डिभिजनल वन अधिकृत आचार्यका अनुसार, गत वर्ष कबुलियती वनका १५० समूह, सामुदायिक वनका ६८ समूह, र ३ धार्मिक वनहरू हस्तान्तरण गरिएको छ। साथै, थाक्रे गाउँपालिका वडा नं २ मा रहेको प्रेम सागर फाउन्डेसनमा नर्सरी निर्माण र बिरुवा उत्पादनको काम पनि सम्पन्न गरिएको छ। अन्य प्रमुख कार्यक्रमहरूमा चिउरी, चमेरो चेपाङ अभियान, वर पिपल समी पुनर्स्थापना तथा उद्धार कार्यक्रम, सालक संरक्षण अभियान, र जनतासँग वनका कुरा जस्ता गतिविधिहरू समावेश गरिएको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको लागि २ करोड ९० लाख ८३ हजार रुपैयाँको बजेटमा समूह नवीकरण, गणेश हिमाल प्रवर्द्धन कार्यक्रम, र वृक्षारोपणजस्ता मुख्य योजनाहरू समावेश गरिएको आचार्यले बताउनुभयो।

डिभिजन वन कार्यालयले वर, पिपल, समी संरक्षण शिक्षा, नक्षत्र बाटिका निर्माण, चिउरी चमेरो संरक्षण, र जनतासँग वनका कुरा कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठक समन्वय समितका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा समन्वय उपप्रमुख कुलमान वि.क, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

  • यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • समाचार
    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान,सातै प्रदेशमा चट्याङ सहित बर्षाको सम्भावना

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0