प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, ०७ असोज ।
सिद्धलेक गाउँपालिकामा आजदेखी सप्ताहव्यापी रेविज बिरूद्वको खोप अभियान सुरु भएको छ । विश्व रेविज दिवस २०२४ को अवसरमा “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका साथ सिद्धलेक गाउँपालिकाले आजदेखी अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तरगत आज पहिलो दिन वडा नं १ र २ को कालीदह, बैरेनी, खिर्रे, ठाँटी लगाएतका क्षेत्रका ७५ वटा कुकुरहरुलाई रेविज बिरूद्वको खोप लगाइएको पशु सेवा प्राविधिक रामशरण अधिकारीले जानकारी दिनुभयो । ७५ वटा मध्ये ३५ वटा सामुदायिक र ४० वटा घरपालुवा कुकुरलाई एन्टिरेविज खोप लगाइएको अधिकारीले बताउनुभयो ।
त्यस्तै भोलि असोज ८ गते वडा नं ३ र ४ को कमलावारी, ईटपानी, मैदान लगाएतको क्षेत्र, असोज ९ गते वडा नं ५ को बाघवच्छला, बुङचुङ लगाएतको क्षेत्र, १० गते परेवाटार, माझीटार सहित वडा नं ६ को क्षेत्र र ११ गते आदमटार, पिपलटार सहित वडा नं ७ को क्षेत्रमा अभियान सञ्चालन हुने अधिकारीले बताउनुभयो ।
असोज १२ गते भने पालिकाको छुट भएका क्षेत्रहरुमा सञ्चालन गरिने उहाँको भनाई छ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |