प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् । संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा एक गोल अन्तरले पत्रकारको समुह विजयी भएका हुन् ।
मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारको समूहले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए । संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।
‘नीलकण्ठ नगरपालिका तथा हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनाउन यो मैत्रीपूर्ण फुटसल खेलले ठूलो भूमिका खेलेको छ । आगामी दिनमा पनि हरेक क्षेत्रमा समझदारी तथा समन्वय गरिने सुवेदीले बताउनुभयो ।
संविधान दिवसको अवसरमा पत्रकारसँग नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण खेलले प्रतिस्पर्धा भन्दा पनि स्थानीय सरकार र सञ्चार माध्यम तथा पत्रकारविच हरेक क्षेत्रमा संगसँगै रहेको सञ्देश दिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |