Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

१४८६ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार (१ साल अघि)
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

नुवाकोट, २ असोज : नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा नुवाकोटले नुवाकोट र रसुवाका सातसय भन्दाबढी बिरमीलाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन् ।

विसं २०८० साउन १ गतेदेखि सुरु भएको निःशुल्क सेवाको लागि दुई जिल्लाका पालिकाको सहयोगले सेवा उपलब्ध गराउँदै आएको रेडक्रस नुवाकोट शाखाले जनाएको छ ।शाखाका अनुसार नुवाकोट र रसुवावासीलाई कोलनीस्थित केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध हुनेछ भने जिल्ला बाहिर आवश्यक परेमा उपलब्ध गराउन सहजीकरणसहित खरिद शुल्कबापत प्रति युनिट रु एक हजारका दरले रकम सोधभर्ना (फिर्ता) दिने गरिएको छ । निःशुल्क रगत उपलब्ध गराउन दुई जिल्लाका स्थानीय तहले स्वेच्छिक अनुसार आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन् ।

रेडक्रसले दिगो व्यवस्पनको लागि रु एक करोडको अक्षय कोष स्थापनाको लक्ष्य लिएर हाल उक्त कोषमा रु ५२ लाख भन्दाबढी रकम सङ्कलन भइसकेको छ ।केन्द्रलाई रगतलाई निःशुल्क उपलब्ध गराउन भन्दा पनि अहिलेको मुख्य चुनौती सङ्कलनको समस्याको देखिएको छ । नियमित दान गर्ने दाताको घट्दो सङ्ख्या र रगत उपभोग गर्ने बिरामीको बढ्दो क्रमले विगतको तुलनामा रगत सङ्कलनमा कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

‘रक्तदान–जीवन दान’को नारासहित परिवर्तिन समय अनुसार कार्यक्रमकोस्वरुप बदलेर रक्त सङ्कलनलाई भने प्रभावकारी बनाउँदै आएको उहाँको भनाइ छ ।“नियमित दान गर्ने दाता विदेश जानेक्रम बढेको छ । यहाँ बसोबास गर्नेमा सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्याले रगत सङ्कलनमा कठिनाइ बनेको छ ।” केन्द्र प्रमुख श्रेष्ठले भन्नुभयो “दाताहरुमा जनचेतना अभिवृद्धि र सहयोगी सङ्घ सँस्थाको सक्रियताले अहिलेसम्म नुवाकोट र रसुवामा मागअनुसार रगत सङ्कलनमा समस्या देखिएको छैन ।”

नुवाकोट रेडक्रसले सङ्कलन गरेको रगत दुई जिल्लालाई प्रयाप्त भएपछि भक्तपुर रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार केन्द्रमा समेत पठाउने गरिएको छ ।नुवाकोटमा विसं २०७१ फागुन २५ मा स्थापना भएको रक्तसञ्चार केन्द्रमा हालसम्म छ हजार तीनसय २७ दाताले रक्तदान गरेका छन् । पछिल्लो एक वर्षको अवधिमा दुई सय ११ जना महिलासहित एक हजार तीन सय ६५ दाताले रक्तदान गरेको रक्तसञ्चार केन्द्रको तथ्या¬ङ्क छ ।

रेडक्रसको प्राविधिक सहयोगमा एक वर्षमा नुवाकोट र रसुवामा ५२ स्थानमा रक्तदान कार्यक्रम गरिएको छ भने रक्तदान कार्यक्रमलाई अभिवृद्धि गर्न विद्यालयतहमा रक्तसमूहको पहिचान, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल गठन गरेर उनीहरुलाई सक्रिय बनाउन नुवाकोट रेडक्रस तल्लिन छ । अठार वर्ष उमेर पुगेका युवालाई रक्तदान कार्यक्रम सहभागी हुन रेडक्रस सहितको विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा अभियान चलाउँदै आएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ रक्तदाताको खोजी, एक पटक दान गरिसकेका दातालाई नियमित बनाउन उत्प्रेरणा जगाउने, धेरै पटक रक्तदान गर्ने दातालाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट सम्मानको कार्यक्रम लगायतका अभियानले रगत सङ्कलनमा उल्लेख्य सफलता हासिल भएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

  • धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

  • नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

  • समाचार
    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0