धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ, २८ भाद्र ।
दोस्रो सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८१ हुने भएको छ । स्थानिय श्रोतको प्रवद्र्धन गरौँ, देश विकासमा टेवा पु¥याऔँ भन्ने मुल नाराका साथ कात्तिक ५ गते देखि १५ गतेसम्म दोस्रो सल्यान्टार मेला हुने भएको हो।
हामी सबैको कृषि तथा बहुउद्धेशीय सहकारी संस्था लिमिटेडको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यान्टारको प्रवद्र्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षकमा उक्त मेला हुने भएको हो ।
मेलामा घरेलु तथा कृषि उत्पादन प्रर्दशन तथा विक्रि, दैनिक उपभोग्य वस्तुहरुको सुलभ मूल्यमा खरिद विक्रि, भान्छाका सामग्रीको खरिद विक्रि, रेडिमेड कपडाहरु बिक्री, खसी बोका, च्याङ्ग्रा, लोकल कुखुराको बिक्री हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलामा हरेक दिन राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति तथा सांगीतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । मेलामा उत्पादन प्रदर्शनसँगै रैथाने बाली परिकार, माटो परीक्षण, बाली उपचार शिविर लगायत फलफुल देखि पुष्प, खाद्यान्न सम्मका उत्पादन प्रदर्शन तथा बिक्री वितरण हुने छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |