प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङबेशी । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङको २२ औँ जिल्ला सम्मेलन आगामी भाद्र १५ गते गर्ने भएको छ ।
शनिबार जिल्ला पार्टी कार्यालय धादिङवेशीमा संगठनका अध्यक्ष विनोद आचार्यको अध्यक्षता जिल्ला पार्टी सचिव दिपक लामिछाने सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकबाट अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन आगामी भाद्र १५ गते जिल्ला सदरमुकाम धादिङवेशीमा गर्ने निर्णय भएको जिल्ला सह सचिव श्री कृष्ण रिजालले बताउनुभयो ।
उक्त वैठकबाट सम्मेलन सम्पन्न गर्नका लागी विभागीय जिम्मेवारी समेत तोकेको छ । जसको आर्थिक विभागमा विनोद आचार्यको संयोजक रहने गरि तीन सदस्य, राजनैतिक तथा प्रतिवेदन लेखनमा उपेन्द्र जमरकटेलको संयोजकमा ४ सदस्य, प्रचार प्रसार विभागमा गजेन्द्र गुरुङको संयोजकमा ५ सदस्य, मञ्च व्यवस्थापनमा ईश्वरी प्रसाद आचार्यको संयोजकमा तीन सदस्य, यातायात तथा जन परिचालनमा विवेक पोखरेलको संयोजकमा तीन सदस्य रहेको छ ।
अखिल क्रान्तिकारी धादिङको सम्मेलनलाई सभ्य भव्य बनाउन सबै पार्टी संगठन, जबस मोर्चा, आम न्यायप्रेमी विद्यार्थी वर्गमा सहयोगको लागि अपिल समेत गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |