निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,२५ असार
धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा प्रताप सिं तामाङ नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास समितिले तामाङलाई तेस्रो पटकको लागि अध्यक्षमा नियुक्त गरेको हो ।

वि.स.२०७६ सालदेखी धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिं तामाङ निरन्तर रहदै आउनुभएको छ । जिल्ला अध्यक्ष हुँदा समितिको भवन निर्माण सँगै जिल्लामा खेलकुदको गतिविधि बढाएका तामाङ आफै पनि खेलाडी रहनुभएको छ ।
प्रदेश स्तरीय प्रतियोगतामा राम्रो नतिजा दिन सफल भएका तामाङले जिल्लाको खेलकुद क्षेत्रलाई चलायमान बनाउनु भएको छ । आगामी कार्यकालमा पनि जिल्लाको खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने तामाङले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
बागमती प्रदेश खेलकुद विकास समितिले धादिङ सहित ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।
समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष २० असारमा नियुक्त गरेको हो । चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |