बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, १० असार ।
धादिङको ज्वालामुखी गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरेको छ । गाउँपालिका अन्तर्गतका विद्यालयहरुको आधारभुत तहमा अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको आईतबार एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएकोे हो । बागमति प्रदेश सरकारको सहयोगमा गाउपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।
वागमति प्रदेश सरकारको बागमती प्रदेश प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दिपेन्द्र सुवेदीले ज्वालामुखी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको गाउपालिका घोषणा गर्नुभएको थियो ।
यसैगरि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश सरकारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको बताउनु भयो । त्यस्तै निःशुल्क शिक्षा घोषणाले सामुदायिक विद्यालयहरुलाई चुनौती थप्ने हुनाले सबैले सहयोग गरेर अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । बजेट छुटाउने क्रममा बागमती सरकारले धादिङलाई धेरै कार्यक्रम दिएको पनि सुवेदीको भनाई छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउपालिकाका अध्यक्ष यामनाथ दनैले विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालय बाहिर नरहेकोले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको बताउनु भयो । यसै गरि उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्नेको लागि साथ र सहयोग गर्ने सबै जनालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
गाउपालिकाको ७ वटै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको र वडा घोषणा भइसकेकोले ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको गाउपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |