नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, १० असार ।
धादिङको ज्वालामुखी गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरेको छ । गाउँपालिका अन्तर्गतका विद्यालयहरुको आधारभुत तहमा अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको आईतबार एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएकोे हो । बागमति प्रदेश सरकारको सहयोगमा गाउपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।
वागमति प्रदेश सरकारको बागमती प्रदेश प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दिपेन्द्र सुवेदीले ज्वालामुखी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको गाउपालिका घोषणा गर्नुभएको थियो ।
यसैगरि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश सरकारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको बताउनु भयो । त्यस्तै निःशुल्क शिक्षा घोषणाले सामुदायिक विद्यालयहरुलाई चुनौती थप्ने हुनाले सबैले सहयोग गरेर अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । बजेट छुटाउने क्रममा बागमती सरकारले धादिङलाई धेरै कार्यक्रम दिएको पनि सुवेदीको भनाई छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउपालिकाका अध्यक्ष यामनाथ दनैले विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालय बाहिर नरहेकोले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको बताउनु भयो । यसै गरि उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्नेको लागि साथ र सहयोग गर्ने सबै जनालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
गाउपालिकाको ७ वटै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको र वडा घोषणा भइसकेकोले ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको गाउपालिकाले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |