निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । धादिङको थाक्रे गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिती धादिङका प्रमुख तथा जिल्ला स्तरिय खोप समन्वय समितीका अध्यक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालय धादिङका कोल्डचेन निरिक्षक गुजेश्वर श्रेष्ठले थाक्रे गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्ल, वडा अध्यक्षहरु र स्वास्थ्य सँस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समारोहकै अवसरमा पालिकाद्धारा सञ्चालित न्युनतम सेवा मापदण्ड अन्र्तगत प्रथम अर्धवार्षिक समिक्षामा प्रथम, दृतिय र तृतिय हुने स्वास्थ्य चौकीलाई पनि सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको छ । ७१ प्रतिशत अँक हासिल गर्ने भुमेस्थान स्वास्थ्य चौकी प्रथम, ६८ प्रतिशत अँक हासिल गरि केवलपुर स्वास्थ्य चौकीलाई द्धिृप्तिय र ६७ अँक हासिल गरी महादेववेशी स्वास्थ्य चौकीलाई तृतिय स्थान हासिल गरेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |