प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौँ, ११ जेठ ।
नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको उहाँले जानकारी दिनुभयो । “यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो”, उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताउनुभयो । “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन”, उहाँले भन्नुभयो । बयालीस वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन ९जेएन १० सात जनामा ओमिक्रोन ९बीए २०, दुई जनामा देखिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |