नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । नयाँ बर्ष २०८१ सुरु भएको दिनमा धादिङको रुवीभ्याली जाने गाडीको भाडा घटेको छ । झार्लाङको पहिरो फेद (लिङलिङ क्याप) मा पुल निर्माण भएसंगै धादिङबेशी देखि रुबी भ्याली बोराङ सम्मको भाडादर समायोजन गरि भाडादर घटाईएको हो ।
घटाईएको भाडादर आज बाट कार्यान्वयनमा आएको छ । समायोजन पछिको रुवीभ्याली बोराङ सम्मको भाडादर रु १००० कायम गरिएको संयुक्त यातायात भलाइ एन्ड इन्भेस्टमेन्ट प्रा लि का रामसरण थापाले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो । रुबीभ्याली पुग्ने सडकमा अवरोध बनेको २ बर्ष देखि अलपत्र खनियाबासको लिङलिङ ग्याप पुलको निर्माण सम्पन्न भए सगै आज देखि नयाँ भाडादर कायम गरिएको उहाँको भनाई छ ।
रुबीभ्याली पुग्न छोटो सडक लाई जोड्ने खनियाबास गाउँपालिका १ र २ को गर्चोमा रहेको लिङलिङ ग्याप पुल विगत २ बर्ष देखी ठेगेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन सकेको थिएन । अलपत्र अवस्थामा रहेको पुल निर्माण कार्यलाई सुचारु गर्न रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ र खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङले पुल निर्माण कार्यको पुर्णता दिन ठेक्का प्राप्त ठेकेदार कम्पनी साथै संघ र प्रदेशमा पहल गर्न निकै मेहनत गर्नुभएको थियो ।
यो पुल निर्माण भए सगै खनियाबास गाउँपालिका १ को पेर्चो गाउँका स्थानीय र रुबीभ्याली गाउँपालिकाका सम्पुर्ण जनताहरुलाई निकै राहत पुग्नेछ । पुल बनेपछि करिब २ घण्टाको घुमाउरो बाटो झार्लाङ गाउँ र झार्लाङ पहिरो घुम्नु पर्ने बाध्यताको अन्त्य भएको रुवीभ्याली गाउँपालिकाका स्थानियहरुले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |