प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ, ३ चैत
त्रिपुरासुन्दरी गाँउ पालिका वडा नं. २ स्थित सल्यानटार स्वास्थ्य केन्द्रमा यहि चैत्र १० गते शनिवार निःशुल्क मुटु जाँच शिविर हुने भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा शिविर हुन लागेको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा आउने चिकित्सक टोलीले शिविरमा BP जाँच, सुगर परिक्षण, ECG तथा ECO सेवाको साथै मुटुरोग सम्वन्धमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम समेत संचालन हुनेछ ।
शिविरको प्रचार प्रसार र व्यवस्थापनको लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाँउपालिका तथा सल्यानटार स्वास्थ्य केन्द विच वसेको संयुक्त वैठकले कार्य विभाजन गरेको छ भने सल्यान्टार स्वास्थ्य केन्द्रमा ECG मेशिन नभएकोले तत्काल खरिद गर्न गाउँपालिकाबाट रकम विनियोजन गरि स्वास्थ्य केन्द्रलाई जिम्मा दिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङका सभापति राजकुमार श्रेष्ठले वताउनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |