निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,२० फागुन ।
ज्वालामुखी गाउँपालिकामा माटो परिक्षण शिविर संचालन भएको छ । ज्वालामुखी गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा मकवानपुरको प्राबिधिक सहयोगमा आज देखि माटो परिक्षण शिविर संचालन भएको हो ।
शिविरमा माटोमा भएको खाध्यतत्वको अवस्था पत्ता लगाउने, माटोको भौतिक बनोट बारे जानकारी लिने, माटोमा भएको अन्य समस्या पत्ता लगाउने उद्देश्यले गाउँपालिकाको ७ वटै वडाका इच्छुक किसानहरुबाट संकलन गरीएको ३५७ वटा नमुनाको परिक्षण गरिने कृषि शाखा प्रमुख विदुर तिमल्सिनाले जानकारी दिनुभयो ।
माटो तथा मल परिक्षण प्रयोगशाला मकवानपुर हेटौडाका माटो विज्ञ लक्ष्मी दाहालसहितको ६ जनाको टोलिद्धारा माटो पक्षिण गरिएको छ । ३ दिनसम्म माटोको प्राङगरिक पदार्थ, फोसफोरस र पोटास परिक्षण गरिने माटो विज्ञ दाहालले बताउनुभयो ।
गाउँपालिकाको सबै वडाको कृषि योग्य जमिनको माटो परिक्षण गराएर माटो सुहाउँदो कृषि खेति मार्फत कृषि उत्पादनलाई बढवा दिने स्थानीय सरकारको नीति बमोजिम माटो परिक्षण सुरु गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले बताउनुभयो ।
माटो परिक्षण पश्चात कुन क्षेत्रमा कुन बाली लगाउदा उपयुक्त हुन्छ भन्ने कुरामा प्रष्ट हुने अपेक्षा लिएको उहाँको भनाइ छ । समृद्ध ज्वालामुखी बनाउनको लागि कृषिलाई व्यवसायिक ढंगबाट आगाडि बढाउनको लागि पालिकाले विभिन्न योजना बनाएर अघि बढिरहेको उपाध्यक्ष अर्यालले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |