प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित ज्ञानडाँडामा बुद्ध बिहारको उद्घाटन गरीएको छ । शनिवार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्नुभएको हो ।
सिद्धलेक शाक्य समाजका अध्यक्ष बुद्धिमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद थपलिया बिबेक,राष्ट्रिय भुमी आयोग अध्यक्ष कृष्ण प्रसाद अर्याल, सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष पेमा लामा,वडा नम्बर ३ का वडा अध्यक्ष देव बहादुर पुलामी,वडा नम्बर ६ का वडा अध्यक्ष सुरेन्द्र मगर लगायतको आतिथ्यता रहेको थियो ।
बुद्ध बिहारको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँ पालिकाका अध्यक्ष परशुराम खतिवडाले उज्यालो सिद्धलेक र समृद्ध सिद्धलेकबासी बनाउने अभियान अनुसार नै काम भईरहेको बताउनुभयो ।
कार्यक्रमको अवसरमा बुद्ध बिहार निर्माणमा सहयोग गर्नुहुने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |