प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा इन्दे्रणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ५ गतेदेखि ८ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिनुभयो ।
४८ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्धितिय पुरस्कार २ लाख, तृतिय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको छ । त्यसैगरी प्रतियोगी कलाकार मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नव गायिकालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेश समितिको सह–आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङको स्थानिय व्यवस्थापन हुने यस कार्यक्रममा करिब ३० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नुका साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करिब ५० लाख नेपाली र नेपाली भाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष रिता थापा मगरले बताउनुभयो ।
सोमबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीको बिषयमा आयोजकले जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष बिबेक थपलियाले आफ्नो पालिकामा हुने यस किसिमको कार्यक्रममा आउने अतिथिहरुलाई आफ्नो गाँस काटेर भएपनि सत्कार गर्ने बताउनु भएको छ । उहाँले कार्यक्रममा आउने सवै दर्शकहरुलाई समेत चिया खुवाउने ब्यवस्था मिलाएको जानकारी दिनु भयो ।
धादिङमा हुने यस किसिमको प्रतियोगिता अवलोकनको लागी आयोजक संस्थाका अध्यक्ष धादिङकी चेली रिता थापा मगरले सवैलाई आह्वान गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |