निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित
धादिङबेशी । कुमारी बैँक लिमिटेड धादिङबेशीले दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मृत्यु दावी भुक्तानी बापत २ लाख प्रदान गरेको छ । गत असोज १७ गते सवारी साधनको ठक्करबाट ज्यान गुमाएका सिद्धलेक गाउँपालिका वडा नं ६ निवासी निर्मल श्रेष्ठको परिवारलाई बैँकको धादिङबेशी शाखाले रु २ लाख हस्तान्तरण गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच बैँकका शाखा प्रबन्धक धन बहादुर श्रेष्ठले मृतकका बुबा नेत्रलाल श्रेष्ठलाई २ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । परिवार सुरक्षा वचत खाता मार्फत गरिएको उक्त बीमाले श्रेष्ठको परिवारलाई राहत मिलेको छ ।
“परिवार सुरक्षा वचत खाता” खोलेमा खातामा रु २६ लाख सम्मको परिवारको बिमा हुने बंैकले जानकारी दिएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारिरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १८ घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध गरेको छ । बैँकले यस अघि २०७९ साल जेठ ३१ गते धुनीवेशी नगरपालिका वडा नं ९ स्थित सुरुङमार्ग नजिकै मोटरसाईकल दर्घटनामा परी ज्यान गुमाएका नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी यम बहादुर मगरको परिवारलाई १० लाख हस्तान्तरण गरेको थियो ।
त्यसैगरी वि.स. २०८० साल असार १७ गते करेन्ट लागेर मृत्यु भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का डम्बर बहादुर लामिछाने परिवारलाई मृत्यु दावी भुक्तानी स्वरुप १० लाख हस्तान्तरण गरेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |