धादिङ,२१ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयमा शुक्रबार बक्त्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता प्रफुस्टन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो । कक्षा १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुबिच विभिन्न शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरीएको श्रेष्ठले जानकारी दिनुभयो ।
कक्षा १ का विद्यार्थीहरुबिच भएको प्रतियोगितामा ईच्छा कोईराला प्रथम,दिया थापा द्धितिय,सप्रिया गुरुङ तृतीय र स्पर्श बस्यौला सान्त्वना हुनुभएको छ । यसैगरी कक्षा २ र ३ का विद्यार्थीहरुबिच भएको प्रतियोगितामा श्रेया घिमिरे प्रथम,अलिशा अधिकारी द्धितिय,एन्जल राय तृतीय र रुक्सना कुँवर सान्त्वना हुनुभएको छ । यसैगरी कक्षा ४ र ५ का विद्यार्थीहरुबिच भएको प्रतियोगितामा सुनिक्षा शाह प्रथम,दृष्टि अधिकारी द्धितिय,अदिश्री न्यौपाने तृतीय र प्रिन्स ढकाल सान्त्वना हुनुभएको छ । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रिन्सिपल षष्टि कुमार श्रेष्ठ र विद्यालय संयोजक शशि अर्यालले मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |