धादिङ,२० पुस
धादिङको गंगाजमुना गाउँपालिकामा एक दिने मानसिक रोग सम्सन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका भित्रका ४५ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुको लागि आयोजना गरीएको एक दिन अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ,स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारी र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो ? मनोसामाजिक समस्याको लक्षण,कारण र महिला स्वास्थ्य स्वयमंसेविकाहरुको भुमिका,तनाव व्यवस्थापन र आत्महत्याको जोखीम भएका व्यक्तिहरुको पहिचाहन र रेफर गर्नुपर्ने कारण लगायतको विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले यस्तो प्रकारको कार्यक्रम वडा स्तरमा लैजानुपर्ने बताउनुभयो ।मानसिक स्वास्थ्यको विषयमा धेरै काम गर्नुपर्ने भन्दै उहाँले आगामी दिनमा विद्यालय स्तर र समुदाय स्तरमा सचेतनात्मक कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्दै उहाँले महिला स्वास्थ्य स्वयंमसेविकाहरुको हक अधिकारको लागि गाउँपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो । यसैगरी गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले मानसिक स्वास्थ्य समस्याको विषयमा स्थानीय तहले धेरै काम गर्नुपर्ने भन्दै यस्तो महत्वपुर्ण कार्यक्रम गाउँ स्तरमा लैजानुपर्ने बताउनुभयो ।
मानसिक रुपमा स्वस्थ्य भएमात्र व्यक्तीले अर्थपुर्ण जीवन जीउन सक्ने भन्दै उहाँले गाउँपालिकाले मानसिक स्वास्थ्यलाई गम्भिर रुपले लिने बताउनुभयो । यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नको लागि सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले कार्यक्रम गर्नुको उदेश्य सहित मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउनुभएको थियो । तालिम पश्चात सहभागीहरुले आफुहरुले सिकेको कुराहरु व्यवहारमा लागु गर्ने प्रवितद्धता व्यक्त गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |