प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङबेशी । गंगाजमुना गाउपालिका वडा न २ को तावलमा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले अस्थाई प्रहरी पोष्टको उद्घाटन गर्नु भएको हो ।
अस्थाई प्रहरी पोष्टको उद्घाटन समारोहमा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौत्तम मिश्र लगाएतको आतिथ्यता रहेको थियो ।
सुरक्षाको पहुँचबाट धेरै टाढा रहेको गंगा जमुना गाउँपालिका वडा नं १,२ र ३ क्षेत्रमा सुरक्षा निकायको उपस्थितिले स्थानियहरुमा खुसी दिलाएको छ ।
जिल्ला सुरक्षा समितिको २०८० भाद्र १३ गतेको निर्णय अनुसार हिजो शुक्रबारका दिन गंगा जमुना गाउँपालिका वडा नं २ स्थित तावलमा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो । यस पोष्टको स्थापनाबाट उक्त विकट भौगोलिक क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार, विभिन्न सेवा प्रवाहमा सहजीकरण लगायतका कार्यमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रले बताउनु भयो ।
उहाँले यस अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सहयोग पु¥याउने गंगा जमुना गाउँपालिका, पहल गर्ने जिल्ला प्रहरी कार्यालय धादिङ लगायतलाई धन्यवाद समेत प्रकट गर्नु भएको छ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |