प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साङ्कोष तिप्लिङ सडक खण्डको नाम दामन पाख्रिन नै रहने बताउनु भएको छ । खनियाबास गाउँपालिका झार्लाङ स्थित झार्लाङ सू–समाचारीय प्रारम्भको ४५ औँ बार्षिक उत्सव तथा पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १७ सालका क्रान्तिका योद्धा दामन पाख्रिनको सम्मानमा गरिएको उक्त सडकको नाम परिवर्तन नहुने उहाँले स्पष्ट पार्नु भएको हो ।
धादिङको तत्कालिन सत्यदेवी गाविस घर भएका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा विजयी समेत हुनु भएको थियो । नेपाली काँग्रेस धादिङका सभापती समेत रहनु भएका पाख्रिनको योगदानहरुलाई सम्झना गर्दै सडकको नाम दामन पाख्रिन मार्ग राखिएको थियो ।
दामन पाख्रिनको राजनैतिक योगदानको कदर गर्नका लागि पाख्रिनका शुभचिन्तकहरुले राखेका दामन पाख्रिन सडक नाम परिवर्तन नहुने कुरामा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |