धादिङ,१५ असोज ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आईतबार पत्रकार सँग अन्तरक्रिया तथा आयुर्वेद सेवाको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ ।आर्थिक बर्ष २०८०/८१ को आयुर्वेद कार्यलयले गरेको सेवा सार्वजनिकिकरण तथा स्थानीय पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी भने नाराको साथ सम्पन्न भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी प्रकाश सापकोटाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका बरिष्ठ कविराज निरिक्षक रमेश प्रसाद पनेरुले सेवा प्रवाहको विषयमा जानकारी गराउनु भएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले हाल सम्म २३ प्रकारको औषधीहरु निशुल्क वितरण गर्दै आएको भन्दै पनेरुले आयुर्वेद सेवा लिनको लागि आग्रह गर्नुभएको छ । यसैगरी आर्थिक वर्ष २०८०/८१ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङ, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवामा १० प्रकारका रोगका बिरामीहरु बढ् िआउने गरेको प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट आर्थिक वर्ष २०७९/८० मा १३ हजार ७ सय २२ जनाले सेवा लिए भने आयुर्वेद औषधालय बाट ३२ हजार ४ सय ८८ जनाले सेवा लिएका सुचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।नागरिक आरोग्य सेवाबाट भने ७ हजार २ सय ३० जना गरी जम्मा ५३ हजार ४ सय ४० जनाले सेवा लिएका अधिकारीले बताउनुभयो।
स्वास्थ्यलाई ध्यान दिदै आयुर्वेद पद्धतीलाई जोड दिनु पर्ने आजको आवश्यकता रहेको जिल्ला समन्वय समितिको उपप्रमुख कुलमान विश्कर्माले बताउनु भयो । धादिङ जिल्ला पनि जडिबुटिको सम्भावना भएको जिल्ला हुनाले जिल्लामा नै उद्योग सञ्चालन गर्ने सकिने विश्वकर्माले बताउनुभयो ।
अस्पतालमा पाउने सेवा सुविधाको मात्र बढी प्रचार प्रसार भएको हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रमा पाउने उपाचारको विधि भने ओझेलमा परेको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भयो।
आयुर्वेद स्वास्थ्य सेवा पछिल्लो समय ओझेलमा परेको हुनाले यस बाट प्रदान गरीने सेवाहरू आम नागरिक भएको ठाउँमा पुर्याउनु पर्नेमा जोड दिनुभयो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.अमुल्य दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख कुलमान विश्कर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको विशेष आथिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा, आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कर्मचारी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |