नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ, १० असोज ।
धादिङमा आज ८ जना डेंगुका संक्रमित थपिएका छन । बुधबार नीलकण्ठ नगरपालिकाका ७ जना र ज्वालामुखी गाउँपालिकाका १ जना गरी ८ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लाका १६ सय २६ जना र १५ सय २३ जना गरी ३१ सय ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिका मात्रै २५ सय ९० संक्रमित रहेका छन् । ज्वालामुखी गाउँपालिकामा १३९ जना, सिद्धलेकमा ११७ जना, बेनीघाट रोराङमा ८१ जना, त्रिपुरासुन्दरीमा ६७ जना रहेका छन् ।
त्यस्तै गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा २० जना, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, धुनीबेशीमा १३ जना, गल्छीमा ११ जना, र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन्।
त्यसैगरी आज नीलकण्ठ नगरपालिकाका ५ जना र ज्वालामुखी गाउँपालिकाका १ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । यो सँगै चालु आर्थिक वर्षको साउन महिना यता जिल्लाका १५७ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |