हेटौँडा, ३ असोज
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उहाँले सो कुरा बताउनुभएको हो ।
उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलाबाट स्वरोजगार सिर्जना र विदेशमा समेत निर्यात भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रबद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक सङ्घका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |