काठमाडौँ, २६ भदौ ।
संविधानसभाका अध्यक्ष एवं नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ ।
पार्टीको वेबसाइट ‘सिपिएनयुएमल डट ओआरजी’मा शब्द श्रद्धाञ्जलि लेख्न चाहनेका लागि उक्त व्यवस्था गरिएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । यो व्यवस्थाले स्व नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
पार्टीको मङ्गलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र इलाम क्षेत्र नं–२ को क्षेत्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेकोे छ । हृदयाघातका कारण यही भदौ २६ गते निधन हुनुभएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका लागि पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |